समाचार

आज थप ८१ मा कोभिड–१९ को सङ्क्रमण पुष्टि

Coronavirus

१५ फागुन, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ८२४ को स्वास्थ्य परीक्षण गर्दा ३५ महिला र ४६ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ६५ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ४८ निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या दुई लाख ७० हजार ३२५ रहेको छ । निको हुने दर भने ९८ दशमलव छ प्रतिशत छ ।

पछिल्लो समय कोरोनाको कारण थप दुई जनाको मृत्यु भएको छ । यससँगै हालसम्म दुई हजार ७७३ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस