मुख्य समाचार

घुस अस्वीकार गर्ने १८ जना ट्राफिक प्रहरी सम्मानित

Traffic Ghush

१६ फागुन, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरि जिम्मेवारी निर्वाह गर्ने एक प्रहरी निरीक्षक सहित १८ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार १८ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरु मध्य ६ जनालाई नगद सहित वृति विकासमा समेत सहयोग हुनेगरि अभिलेखमा जनिने गरी पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुनेहरुमा प्रहरी हवल्दार शम्भु विश्वकर्मा, प्रहरी जवानहरु अनिल महर, महेशराज पनेरु, रमेश सिंह बुडाल, बिन्दा थापा र राम आवतार राम रहेका छन् ।

‘नेपाल प्रहरी संठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लंघन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न हामीले नियमित ब्रिफिङ एव निर्देशन दिँदै आएका छौं, फलस्वरुप घुष दिन खोज्ने ९४ जना चालकहरुलाई पक्राउ गरी कारबाही गरेका छौं’ महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भने ।

ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारवाही पश्चात हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने उनको भनाई छ । प्रलोभनमा नपरी त्यस्ता चालकहरुलाई कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गरी संगठनको छवि उच्च राख्ने ट्राफिक प्रहरीलाई सम्मान एव पुरस्कृत गरिएको, उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस