विश्व/प्रवास

बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जनौं घाइते

bangladesh protest

१६ फागुन, ढाका । बङ्गलादेशमा आइतबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीहरूलाई रबरको गोली, अश्रु ग्यास लगायत प्रहार गरेको थियो । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । चर्चित लेखक मुस्ताक अहमदको जेलमै मृत्यु भएपछि बङ्गलादेशमा अधिकारवादी तथा विपक्षीहरु आन्दोलित भएका  छन् ।

स्थानीय टेलिभिजनहरूले प्रदर्शन र झडपको प्रत्यक्ष प्रसारण गरेका थिए । झडपपछि आन्दोलनकारीहरु थप आक्रोशित भएको र घटनाको धेरैले विरोध गरेको देखाइएको छ। प्रहरीले भने प्रदर्शन निषेध गरिएको ठाउँमा प्रदर्शन गरिएकाले रोक्न खोज्दा झडप भएको बताएको छ।

“उनीहरुलाई त्यहाँ प्रदर्शनका लागि अनुमति थिएन, अनुमति नहुँदा नहुँदै पनि प्रदर्शन गरेर नियमको उल्लङ्घन गरेकाले हामीले उनीहरुलाई रोकेका हौँ,” एक प्रहरी अधिकारीले भने । विपक्षी दल बिएनपीका प्रवक्ता रिज्भी अहमदले आफ्नो पार्टीका मात्रै ३० जना घाइते भएको जानकारी दिनुभयो । घाइते हुनेमा बरिष्ठ नेताहरु समेत रहेको उनले बताए ।

प्रदर्शनमा ५०० भन्दा बढी सहभागी भएको अहमदले दावी गर्नुभयो । प्रदर्शनकारीहरूले प्रेस क्लबमा मानवसाङ्लो बनाएका थिए ।  प्रदर्शन ऐतिहासिक भएको दावी गर्दै प्रवक्ता अहमदले प्रदर्शनकारीमाथि भएको हस्तक्षेपले घटनामा सरकारी पक्ष नै संलग्न भएको हो की भन्ने आशंका उब्जाएको टिप्पणी गरे ।  –एएफपी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस