सेयर मार्केट

साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा ७९.७४ अंकको गिरावट

share market

१६ फागुन, काठमाडौं । साताको पहिलो कारोबारका दिन नेप्से परिसूचकमा ७९.७४ अंकको गिरावट आइ २४७४.३९ विन्दुमा झरेको छ । गत हप्ताको अन्तिम कारोबार दिन अर्थात गत बिहीबार २५५४.१४ विन्दुमा बन्द भएको नेप्से यो सातोको पहिलो दिन नै सो अंक अर्थात ३.१२ प्रतिशतको संकुचन आएको हो ।

आज प्रमुख कम्पनीहरुको सूचक (सेन्सेटिभ इण्डेक्स) समेत १४.५३ अंक घटेर ४४७.२९ विन्दुमा झरेको छ । आइतबार दोस्रो बजारमा २०७ कम्पनीका एक करोड ६० लाख १७ हजार ३२२ कित्ता सेयर ९६ हजार १५१ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम भने ८ अर्ब ३५ करोड ५२ लाख काय भएको छ ।

नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकममा भने सुधार देखिएको छ । गत साताको अन्तिम कारोबार दिन ६ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २०७ कम्पनीको ९६ हजार १५१ पटकको कारोबारमा ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड ६० लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस