
१६ फागुन, काठमाडौं । नेपालमा थप ७८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा ७८ जनामा कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार १४३ पुगेको छ ।
पछिल्लो २४ घन्टामा ८२ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ४०७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस