
१६ फागुन, काठमाडौं । कुमारी बैंक लिमिटेड र के.जी.एच. ग्रुप बीच होटलका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट क्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रावधान सम्बन्धी सम्झौता भएको छ ।
जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई क्रियाशिल राख्न शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्ण जागरणका लागि विश्राम अत्यावश्यक रहेको छ ।
सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत के.जी.एच. ग्रुपअन्तर्गतका होटेल, यात्रा एजेन्ट र संग्रहालय सेवाहरुमा आकर्षक छुटको प्रावधान मिलाएको छ ।
बैंकका डेबिड/क्रेडिट कार्डवाहकहरुले उक्त के.जी.एच. ग्रुप अन्तर्गतका होटेल रेस्टुरेन्टहरुमा खानपानमा, स्पा सुविधाहरुमा र संग्रहालय शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस