कर्पोरेट

अम्बे स्टिल्स्द्वारा डिलर सम्मेलन २०७७ सम्पन्न

ambe steel

१६ फागुन, काठमाडौं । देशकै सबैभन्दा ठूलो छड उत्पादक कम्पनी अम्बे स्टील्सले नुवाकोटमा डिलरहरुसँग डिलर सम्मेलन २०७७ सम्पन्न गरेको छ ।

अम्बे स्टिलले आफ्नो भैरहवा र नेपालगञ्ज मा अवस्थित दुईवटा फ्याक्ट्रीमा नेपालकै सबैभन्दा बढी दैनिक १४०० टन छड उत्पादन गरी नेपाली बजारमा पुर्याउँदै आएको छ । यस कम्पनीबाट उत्पादित टीएमटी छड अन्तर्राष्ट्रिय गुणस्तरको हाई क्वालिटी भएको हुनाले नेपाली बजारमा सबैभन्दा बढि रुचाइएको छड हो । हाल यसले एफई५००डी छड पनि उत्पादन गरी उपभोक्ता माझ पु¥याउँदै आएको छ ।

कार्यक्रममा कम्पनीलाई उचाइमा पुर्याउन डिलरहरूको मिहिनेत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भावी योजनाबारे छलफल भएको थियो । अम्बे स्टिल्सका प्रतिनिधिले डिलरहरूको मिहिनेत र ग्राहक सेवाले गर्दा कम्पनीले नयाँ उचाई मापन गरेको बताए । अझै बढि ग्राहक सेवामा केन्द्रित रहेर बिक्री सेवामा सुधार गर्दै पर्नेमा कम्पनीको जोड थियो ।

उक्त कार्यक्रममा अम्बे स्टिल्सका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठलगायत नुवाकोट जिल्लाका बरिष्ठ अधिकारीहरुको सहभागिता रहेको थियो । सम्मेलनको मुख्य उद्देश्य वर्षौदेखि अम्बे स्टिलले ग्राहकहरुलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुको साथै डिलरहरु बीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने रहेको कम्पनीले जनाएको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस