समाचार

मालपोतका कर्मचारी र भूमाफियाको मिलेमतोमा कित्ताकाट जारी

jagga

१७ फागुन, काठमाडौं । सरकारले जग्गाको कित्ताकाट रोकेको छ । नापी र मालपोतका कर्मचारी र भूमाफियाको मिलेमतोमा कित्ताकाट भइरहेको छ । काठमाडौं उपत्यकाका साथै देशभरी नै कर्मचारीले भूमाफियासँग मिलेर जग्गाको कित्ताकाट गराइरहेका छन् ।

सरकारले रोकेको कित्ताकाट गरिदिन्छु भन्दै घुस लिने नापीका सर्वेक्षक हरिचन्दर ठाकुर र लेखनदास अरुणकुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

यो एउटा उदाहरण मात्रै हो । देशभर नै पछिल्लो समय भूमाफियाको मिलेमतोमा कित्ताकाट भइरहेको छ । कित्ताकाट रोक्दारोक्दै भूमाफिकाको मिलेमतोमा कित्ताकाट भइरहेको हुँदा सरकारले पनि केही समयअघि कित्ताकाट खोल्ने निर्णय गरेको थियो ।

पछिल्लोपटक २०७७ भदौ १८ गतेका मन्त्रिस्तरीय निर्णयबाट भूमि व्यवस्था मन्त्री पद्मा कुमारी आर्यालले कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्वनिर्णयहरू बदर गरिएको । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस