
१७ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
सोमबार असमको गम्छा भिरेर नयाँ दिल्ली एम्स अस्पताल पुगेका मोदीलाई पुडुचेरीकी नर्स पी नेवादाले भारत बायोटेकको कोभ्याक्सिन खोप लगाइदिएकी थिइन् साथमा केरलकी नर्स रोसम्मा अनिल उपस्थित थिइन् ।
भारतमा आजदेखि कोरोनाविरुद्धको खोप अभियानको दोस्रो चरण शुरु भएको छ । यस अन्तर्गत ६० बर्षभन्दा माथिका र अन्य रोगबाट पिडित ४५ बर्षभन्दा बढी उमेरका सबैलाई खोप लगाइने बताइएको छ ।
पहिलो चरणमा भारतमा करिब डेढ करोडले कोरोना खोप लगाएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस