
१७ फागुन, पोखरा । कास्कीमा बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा एक जना पक्राउ परेका छन् ।
बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा मादी गाउँपालिका ६ बस्ने ४५ वर्षीय ईन्द्र बहादुर थापालाई शनिवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बताए ।
उनका अनुसार कमजोर आर्थिक अवस्था भएका अभिभावकहरूका बालबालिकालाई निःशुल्क खान बस्ने व्यवस्था गरी स्कूलमा पढाउने आश्वासन दिएर ल्याएका बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको आरोपमा पक्राउ गरिएको हो ।
उनलाई वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । बालबालिकालाई हाल सिविन नेपाल संस्थामा राखेर घर, ठेगाना र अभिभावकको खोजीकार्य भइरहेको प्रवक्ता हमालले बताए ।
थापालाई बालबालिका सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी हमालले बताए ।