समाचार

बेपत्ता बुहारीको शव घर नजिकै सडेको अवस्थामा फेला

gulmi dead body

१७ फागुन, गुल्मी । माघ  १९ गते रातीदेखि बेपत्ता गुल्मी भाडगाउँकी २१ वर्षीया सम्झना बोहराको शव फेला परेको छ । खत्रीको शव घर नजिकै सडेगलेको अवस्थामा शव फेला परेको हो ।  ‘बिहान  रुखबाट घाँस झार्न  लागेको थिए, त्यसबेला गन्हायो, त्यसपछि शंका लागेर जनप्रतिनिधिहरूलाई फोन  गरे । उनीहरुले  प्रहरीलाई फोन  गरेर बोलाएपछि  प्रहरीले हेर्दा शव फेला रहेछ’ छिमेकी लालबहादुर खत्रीले भने । घरनजिकै सय मिटर अगाडि  झाडीमा टाउको बोरामा राखेको र स्याउलाले  ढाकेको अवस्थामा शव फेला परेको छ ।

शव भएको स्थानमा प्रहरीले घेराबन्दी गरेको छ । शवको पहिचान  हुन बाँकी रहे पनि बेपत्ता सम्झनाको  हुनसक्ने प्रहरीको अनुमान छ । बुहारी बेपत्ता भएको दुई दिनपछि सासू तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा  फेला परेकी थिइन् ।

अघिल्लो दिन उनले जेठाजु बुहारी कोठामा बसेको र त्यसलगत्तै जेठाजुसँग बुहारी भागेको बयान प्रहरीमा दिएकी थिइन् ।  सम्झनाका श्रीमान ‘हरि डाइभर’ भनेर चिनिने नेत्रबहादुर बस्नेत त्यो दिन घरमा थिएनन् । ३ वर्षअघि प्रेम विवाह गरेका उनीहरुको सम्बन्ध पछिल्लो समयमा राम्रो थिएन । सम्झनाले श्रीमानले प्रायः कुटपिट गरिरहने बताउने गरेकी थिइन् ।

१९ गते साँझ  ५ बजेतिर उनी सासुले  घर छाडेर जा भनेको भन्दै बहिनीसँग फोनमा रोएकी थिइन् । उनका १६ महिनाका छोरा छन् । सम्झना बेपत्ता भएको निकै दिन हुँदा पनि नभेटिएपछि स्थानीयवासीले प्रहरीलाई दबाब दिन आन्दोलन चर्काएका थिए । त्यहीबेला जिल्ला प्रहरी  प्रमुख एसपी प्रबिणलाल श्रेष्ठको सरुवा भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस