मुख्य समाचार

भागरथी हत्या अनुसन्धान अन्तिम चरणमा

bhagarati hattya

१७ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् ।

हत्या आरोपमा पक्राउ गरिएका १६ वर्षीय किशोरले बलात्कारपछि हत्या गरेको स्वीकारेका छन् । बलात्कार–हत्या अनुसन्धान अन्तिम चरणमा पुगेको बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनले भने, ‘प्राविधिक जाँच गर्नुपर्ने सबै कुरा ल्याबमा पठाएको छौं, अब हामी अनुसन्धानको अन्तिम चरणमा पुग्यौं ।’ हत्यामा संलग्न आरोपीलाई प्रहरीले फागुन ४ मा पक्राउ गरेको थियो । आरोपी बालक भएकाले २१ दिनभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउनुपर्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस