सेयर मार्केट

सोमबार सेयर बजारमा ४०.६४ अङ्कको बृद्धि

stock market

१७ फागुन, काठमाडौं । सोमबार सेयर बजारमा बृद्धि देखिएपनि कारोबार रकम भने घटेको छ । ४०.६४ अङ्कले बढेको बजारमा ५ अर्ब ६९ करोड बराबरको सेयर कारोबार भएको हो । बजार समग्रमा १.६४ प्रतिशतले बढेको हो ।

यस दिन सबै समुह हरियाली भएको छ । जीवन बिमा र निर्जीवन बिमाको बढोत्तरी सबैभन्दा बढी छ । आज चन्द्रागिरी हिल्सको सेयर मूल्य ९.९० प्रतिशतले बढेको छ । यस आधारमा पनि आजको कारोबारमा सबैभन्दा बढी कमाउनेमा चन्द्रागिरी हिल्स परेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस