समाचार

कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिको अध्यक्षमा घिमिरे

kalimati tarkari

१७ फागुन, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिको अध्यक्षमा कृषि मन्त्रालयका प्राविधिक श्रीराम घिमिरे नियुक्त भएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई समितिको अध्यक्ष तोक्ने निर्णय गरेको हो ।

सोमबार मन्त्रिपरिषदको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रालयका प्राविधिक घिमिरेलाई अध्यक्ष तोक्ने निर्णय भएको जानकारी दिए । अध्यक्ष तोकिएका घिमिरे यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका नेपाल कृषि सेवा एग्रो इको एण्ड मार्केटिङ समूहका सहसचिव (प्राविधिक) हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस