समाचार

सधैंका लागि बन्द भयो जयनेपाल फिल्म हल

jaya nepal

१७ फागुन, काठमाडौं । जयनेपाल फिल्म हल बन्द भएको छ । सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले २० वर्ष पुरानो जयनेपाल फिल्म हल सधैंका लागि बन्द गरेको हो । क्वेस्ट इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिनले कोभिड महामारीपछि हललाई बन्द गरिएको बताए ।

‘विगत २, ३ वर्षदेखि जय नेपाल हामीले घाटामा चलाउँदै आएका थियौ’ उद्दिनले भने, ‘कोभिड महामारी पछि हललाई अगाडि बढाउन झन् गाहे भएकोले हामीले नचलाउने गरेर छोडेका हौ ।’

एक राणा थरका व्यक्तिसँग  भाडामा लिएर आफुले फिल्महरु चलाउँदै आएको जानकारी दिएका उघिनले थपे, ‘हामीले भाडामा चलाउँदै आएको हल अब नचलाउने भनेर फिर्ता दिएका छौ । अब चल्छ, चल्दैन भन्न सकिन्न् ।’ उद्दिनले आफुले भने उक्त हल अब नचलाउने स्पष्ट पारे।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस