मुख्य समाचार

यस्ता छन् मन्त्रिपरिषद्‌को ३२ निर्णय (सूचिसहित)

parbat gurung

१७ फागुन, काठमाडौं । सरकारले पछिल्ला तीन मन्त्रिपरिषद्‌को निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत फागुन ११, १४ र १७ गते बसेको मन्त्रिपरिषद्‌को निर्णयहरु सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले सहसचिव कृष्ण प्रसाद पुडासैनीलाई सचिवमा बढुवा गरेको छ । नेपाल न्याय सेवा सरकारी वकिल समूह, राजपत्रांकित द्धितिय श्रेणी अर्थात सहसचिव सरहका पुडासैनीलाई राजपत्रांकित प्रथम श्रेणी अर्थात सचिवमा बढुवा गरेको हो ।

बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्धकमा अनिल कुमार झालाई पनि नियुक्त गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले दुर्गा भगवती गाउँपालिका ३ रौतहटका झालाई प्रबन्धमा नियुक्त गरेको हो । सहसचिव खगेन्द्रप्रसाद रिजालसहितका राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरुको पदस्थापन र सरुवा गने निर्णय गरेको छ ।

cabinet1cabinet2cabinet3cabinet4

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस