समाचार

कञ्चनपुरमा अवैध काठसहित दुई जना पक्राउ

arrest

१७ फागुन, कञ्चनपुर । अवैध काठसहित भीमदत्त नगरपालिका–७ हल्दुखालका दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय मोहन जाग्री र १९ वर्षीय राजेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । चिरान गरिएको सालको काठ बोकेर हिँड्दै गरेका दुवैलाई सोधपुछ तथा जाँच गर्दा अवैध देखिएपछि पक्राउ गरी दुवैलाई काठसहित आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाइएको उनले बताए ।

प्रहरीले आजै भीमदत्त नगरपालिका–६ नजिक भारतबाट भन्सार छलेर ल्याएको पाँच बोरा चिनी, प्लाष्टिक छ बोरा गरी रु ३० हजारको बेवारिसे सामान बरामद गरेको छ । पुर्नवास नगरपालिका–४ गाउँबाट पानी तान्ने मोटर तीन थान, सिलिङ पंखा दुई थान, होल्डर १० थान पार्केट फ्युज १० पाकेट, एम्सी दुई थान स्क्रु दुई थान र लेडिज चप्पल सानो ठूलो ५२ जोरको रु ३० हजार तीन सय मूल्य बराबरको समान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *