
१८ फागुन, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार घटेको छ । यस दिन ५९.७ अंकले बजारको परिसूचक नेप्से घटेको हो । सो अंकको गिरावटपछि नेप्से २४५५.३३ अंकमा कायम भएको छ । यस दिन २.३७ प्रतिशतले बजार घटेको हो ।
आज ट्रेडिङ र होटल्स तथा पर्यटन बाहेक बाँकी रहेका सबै समुहमा गिरावट आएको छ । ट्रेडिङ समुह २७८.४९ अंकले बढेको छ भने होटल्स तथा टुरिजम १६.८६ अंकले बढेको छ । जीवन बिमा समूहतर्फ ५१९.६७ अंकको गिरावट छ ।
घटेको बजारमा साल्ट ट्रेडिङ कर्पोरेसनले सबैभन्दा बढी कमाएको छ । साल्ट ट्रेडिङको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यसको सेयर मूल्य आज ९ हजार २ सय २९ रुपैयाँ पुगेको छ । साल्ट ट्रेडिङको बजार पुँजीकरण १७ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । दोस्रो बढी कमाउनेमा चन्द्रागिरी हिल्स परेको छ । यसको सेयर मूल्य ९.८९ प्रतिशतले बढेको छ ।
आजको बजारमा सबैभन्दा बढी गुमाउनेमा नेपाल हाइड्रो डेभलपर रहेको छ । कारोबार रकमको आधारमा सबैभन्दा बढी कारोबार हुनेमा भने एसियन लाइफ इन्सुरेन्स रहेको छ । दोस्रो बढी कारोबार हुनेमा निफ्रा (नेपाल इन्फ्रास्ट्रक्चर बैंक) रहेको छ ।