समाचार

थप ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिदको प्रक्रिया शुरु

covishield vaccine

१८ फागुन, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप थप ५० लाख डोज किन्ने तयारी थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप खोप किन्न प्रक्रिया थालेको हो । थप ५० लाख डोज खोप खरिद गर्ने तयारी थालिएको मन्त्रालकाय सचिव लक्ष्मण अर्यालले बताए ।

मंगलबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको कोरोनाको सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न गठित उपसमितिको मंगलबारको बैठकमा स्वास्थ्य सचिव अर्यालसँग छलफल गरेको थियो ।

छलफलमा सचिव आर्यालले भने, थप ५० लाख डोज खोप किन्नका लागि तयारी शुरु गरेका छौं । खोप खरिदको स्रोत सुनिश्चितता अर्थ मन्त्रालयले गरेको छ। अहिले सरकारसँग ३० लाख डोज खोप रहेको छ। त्यस्तै, कोभ्याक्स सुविधामार्फत थप २२ लाख खोप आउन लागेको छ।

यस्तै, चीनले पनि खोप दिने भएको छ । चीनले आठ लाख डोज खोप दिन लागेको उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस