बैँक / वित्त

ज्योति लाइफको आईपीओ फागुन २१ गतेबाट खुल्ने

jyoti life ipo

१८ फागुन, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले आइपिओ निष्काशन मिति परिवर्तन गरेको छ । कम्पनीले यसअघि फागुन २३ गते आइतबारदेखि आइपिओ निष्काशन गर्ने तयारी गरेकोमा अब फागुन २१ गते शुक्रबारदेखि नै सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले एकसय दरका ६६ करोड बराबरको ६६ लाख कित्ता सेयर निष्काशन गर्दैछ । जसमध्य ३ लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको हो ।

फागुन २१ गतेबाट खुल्ने सेयरमा सर्वसाधारण लगानीकर्ताहरूले ढिला गरि फागुन २६ गतेसम्म आवेदन दिन सक्ने छन् । सर्वसाधारण लगानीकर्ताहरूले कम्पनीको सेयर लगानीमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागिसम्म आवेदन दिन सक्नेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस