राजनीति

राप्रपाको केन्द्रीय निर्वाचन समिति गठन

raprapa

१८ फागुन, काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय निर्वाचन समिति गठन गरेको छ ।

आगामी केन्द्रीय महाधिवेशन प्रयोजनका लागि पार्टीको अन्तरिम विधानअनुसार केन्द्रीय निर्वाचन समिति गठन गरेको राप्रपाले जनाएको छ। राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र डा.प्रकाशचन्द्र लोहनीले निर्वाचन समिति गठन गरेका हुन् ।

नेता हरिबहादुर बस्नेतको संयोजकत्वमा गठित समितिको सहसंयोजमा तोरणबहादुर गुरुङ छन् । त्यस्तै, सचिव प्रा.डा. गीताभक्त जोशी, सह.सचिव झनक प्याकुरेल र सदस्यमा रोशन कार्की, राजु बस्नेत, श्यामबहादुर शाही, कैयाँ चौधरी, पुष्कर अधिकारी रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस