समाचार

आफ्नै ३ महिनाको छोराको हत्या गरेको अभियोगमा बुबा पक्राउ

arrest

१८ फागुन, बैतडी । बैतडीमा आफ्नै ३ महिनाको छोराको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

पञ्चेश्वर गाउँपालिका–५ खनाडी बस्ने ४० वर्षीय राजबहादुर चन्दलाई आफ्नै तीन महिनाको छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार राज बहादुरले आफ्नै नावालक छोरालाई कुटपिट गरेर हत्या मात्रै गरेनन्, ७० वर्षीय बुबा मन्धिर चन्दलाई समेत कुटपिट गरी घाइते बनाएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडी र प्रहरी चौकी बलाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस