मनोरञ्जन ताजा समाचार

पूर्व मिस नेपाल शृङ्खला खतिवडा हार्वर्ड विश्वविद्यालयमा पढ्न जाने

Shrinkhala Khatiwoda

१८ फागुन, काठमाडौं । पूर्व मिस नेपाल शृङ्खला खतिवडा विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा अध्ययन गर्ने भएकी छन् । अमेरिकाको बोस्टनमा रहेको हार्वर्ड विश्वविद्यालयमा शृंखलाले अर्बान प्लानिङ (सहरी विकास योजना) विषयमा स्नातकोत्तरमा भर्ना भएकी हुन् ।

अध्यायनका लागि अगस्त महिनामा अमेरिका उड्न लागेकी उनले नेपालमा आर्किटेक्चरमा स्नातक गरेकी छन् । हार्वर्डबाट अध्ययनको लागि स्वीकृति पाएसँगै उनले सामाजिक सञ्जाल मार्फत उक्त खुसी साटेकी छन् ।

उनले खुसी साट्दै आफ्ना लागि यो अहिलेसम्मकै खुसीको कुरा भएको बताएकी छन् । खतिवडा सन् २०१८ की मिस नेपाल विजेता हुन् । मिस नेपाल विजेता बनेपछि चर्चामा छाएकी उनले मिस वर्ल्डमा समेत नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस