
१९ फागुन, काठमाडौं । ललितपुरको नख्खुमा जीपले ठक्कर दिँदा क्याम्पस जाँदै गरेकी एक जना छात्राको मृत्यु भएको छ । बुधबार बिहान पौने ६ बजे स १ ज ५६७ नम्बरको जीपले ठक्कर दिँदा १९ वर्षीया छात्रा अञ्जु दाहालको मृत्यु भएको हो ।
प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भइ ललितपुरको बागडोलमा डेरामा बस्दै आएकी १९ वर्षीया अञ्जु दाहाल कोटेश्वरको मल्टिपल क्याम्पसमा अध्ययनरत थिइन् । जिपको ठक्करबाट गम्भीर घाइते दाहालको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।
सडक पार गर्ने क्रममा उनलाई जिपले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । घटनापछि जिप चालकलाई प्रहरीले पक्राउ गरेको छ।यसैबीच दाहालको मृत्यु भएपछि कोटेश्वर बहुमुखी क्याम्पसका एकान्तकुना क्षेत्रमा प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस