समाचार

रुखमा भुण्डिएको अवस्थामा पुरुषको शव फेला

bead body tag

१९ फागुन, मकवानपुर । जिल्लाको हेटौंडा उपमहानगरपालिकामा आज बिहानै एक पुरुषको शव फेला परेको छ । बिहानै हेटौंडा –१६ हटियास्थित बकाइनोको रुखमा झुण्डिएको अस्वथामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरका अनुसार उक्त शव स्थानीयवासी ५० वर्षीय रामकृष्ण बलामीको रहेको बुझिएको छ । घटनास्थल र घटनाको प्रकृति हेर्दा बलामीले रुखमा झुन्डिएर आत्महत्या गरेको हुन सक्ने हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष रामकृष्ण कोइराला बताउँछन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोलीले घटनास्थलको अनुसन्धान तथा मुचुल्का उठाउने काम गरिरहेको प्रहरी निरीक्षक गजमेरले जानकारी दिए ।

यसअघि मंगलबर हेटौंडा उपमहानगरपालिका वडा नम्वर–८ स्थित कर्रा खोलाको पुल नजिक एक वृद्धको शव फेला परेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस