मुख्य समाचार

‘कोभिड-१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’

samsad khop

१९ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् ।

मिनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड १९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले व्यवस्थित र सहज रूपमा लगाउने वातावरण भएकाले खोप अभियान सफल हुने विश्वास व्यक्त गरे ।

सभामुख सापकोटाले भने, ‘खोप लगाउँदा अलि असहज हुन्छ कि भनी सोचेको थिए । बिलकुल असहज भएन । खोप लगाउने बेला हुँदैछ होला भन्दै थिए, खोप दिइसकिएको छ ।’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सबै नेपाली नागरिकलाई विना हिचकिचाहट सहज ढङ्गले खोप प्रयोग गरी स्वथ्य रहन अपिल गरे ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाले मानव जातिलाई अप्ठेरो पारिरहेको अवस्थामा खोपको आविष्कार र प्रमाणित भएपछि मानिसले खराब विषाणुविरुद्ध फेरि एकपटक विजय हासिल गरेको महसुस भएको बताउँदै उनले औषधि प्रभावकारी साबित भएसँगै मानिसको प्रकृतिमाथि विजयको नयाँ सिँढीमा मान्छे कुद्न सफल भएको उल्लेख गरे ।

अध्यक्ष दाहालले भने, अरूलाई लगाएको देख्दा अलि दुख्छ जस्तो लागेको थियो, आफैँले लगाउँदा खोप लगाएको थाहा नै पाइनँ । कतिबेला खोप्नु हुन्छ होला भनेको त भइसक्यो पो भन्नुभो । बडो सरल रहेछ । कसैले कुनै पनि खाले तनाव लिनुपर्ने अवस्था छैन । सहज ढङ्गबाट हुन्छ ।’

सञ्चारकर्मीको राजनीतिक सङ्क्रमणबारे सोधेको प्रश्नमा उहाँले सर्वोच्च अदालतको फैसलाले संविधान, प्रणाली, लोकतन्त्रलाई ठीक ढङ्गबाट अघि बढ्न बाटो खोलिदिएको बताए । उनले भने, “अब राजनीति पनि ट्र्याकमा जान्छ भन्ने कुराको पहिलो सुनिश्चितता अदालतको फैसलाले ग¥यो, न्याय, लोकतन्त्र र संविधानको जीत भएको छ, यो महत्वपूर्ण हो । बाँकी २३ गतेबाट बस्ने प्रतिनिधिसभाको अधिवेशनबाट प्रस्ट हुन्छ ।”

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अन्तर्राष्ट्रिय समुदायबाट गहिरो अध्ययन र अनुसन्धानबाट  प्रभावकारी साबित भएको कोभिड–१९ विरुद्धको खोप ढुक्क भएर विश्वासका साथ लगाउन सर्वसाधारणलाई सुझाव दिनुुभयो । उहाँले भन्नुभयो, “यसअघि पनि मैले विभिन्न खाले धेरै खोप लगाएकाले यस पटक खोप लगाउँदा कुनै खासै अनुभव भएन । घोचिएको पनि अनुभव हुदो रहेनछ । आतिनपर्ने अवस्था छैन । खोप लगाउनु प¥यो, स्वस्थ्य हुन प¥यो ।”

पूर्वप्रधानमन्त्री नेपालले राजनीतिक सङ्क्रमण फैलने सम्भावनाको खतरालाई सर्वोच्च अदालतबाट पहिलो खोपजस्तै गरी आएको फैसलाले ठीक बाटोमा अघि बढ्न एउटा बाटो देखाएको प्रतिक्रिया दिए । उनले भने, “फैसलाबाट खतरामा परेको लोकतन्त्र, संविधानलाई जोगाएको छ, अब बाँकी राजनीति क्षेत्रमा अहिले देखिरहेको सङ्क्रमणको समाधान संसदमार्फत राजनीतिक दलले गर्छन् ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस