प्रदेश २

‘रामानाम मानस महायज्ञ’ फागुन २१ देखि

hawan

१९ फागुन, सप्तरी । मानव कल्याण तथा धार्मिक सहिष्णुताको सन्देश दिन यही  फागुन २१ देखि आगामी चैत १ गतेसम्म बलान बिहुल गाउँपालिकामा ‘रामानाम मानस महायज्ञ’ हुने भएको छ । बलान बिहुल–४ बेल्हीमा हुने महायज्ञमा  नेपाल र भारत बिहारका करीब ५० हजार श्रद्धालुको दैनिक आगमन रहने यज्ञ समितिका अध्यक्ष शङ्कर गुप्ताले जानकारी दिए । घर फर्किन नसक्ने श्रद्धालुको खाना र बासको व्यवस्थापनसमेत गरिने जनाइएको छ ।

एक हजार जनाको कलशयात्राले शुक्रबार गाउँ परिक्रमा गरी यज्ञस्थल प्रवेश गरेपछि शनिबारदेखि यज्ञ प्रारम्भ हुने बताइएको छ । हवन कुण्ड, पसल कक्ष, विभिन्न घुम्तीमा प्रवेशद्वार र यज्ञस्थलसम्म जाने ग्राभेल सडकको निर्माण भइसकेको जानकारी दिँदै अध्यक्ष गुप्ताले शौचालय, खानेपानी, पार्किङको व्यवस्थापनको अन्तिम तयारी भइरहेको बताए ।

विभिन्न देवीदेवताका१५१ माटाका मूर्ति तयार गरिएको महायज्ञस्थलमा रामझुला, मौतका कुवाँ, सांस्कृतिक र साङ्गीतिक कार्यक्रम हुने आयोजक समितिले जनाएको छ । गाउँपालिकाले दाल, चामल, तेलसहित साढे रु पाँच लाख र वडा कार्यालयले रु दुई लाखको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

भारत अयोध्या बरछौनीका डा.मानसमधुकर मुख्य प्रवचक हुने महायज्ञका लागि वृन्दावनबाट गौतम रासलीला र रामलीला प्रस्तुत हुनेछ । यज्ञस्थलमा आयोजित पत्रकार सम्मेलनमा यज्ञकर्ता रामरतन दासले महायज्ञबाट सामाजिक विकृतिको अन्त्य तथा मानवता र आम्तीयता सहितको मानव समुदाय विकसित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस