१९ फागुन, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ३९.२३ अंकले घटेको छ । सो अंकले घटेर नेप्से २४१६ अंकमा कायम भएको छ । यसदिन ६ अर्ब २५ करोड ४८ लाख रुपैयाँ बरारबरको सेयर कारोबार भएको छ ।
ट्रेडिङ र होटल तथा टुरिजम बाहेक सबै समूहमा गिरावट आएको छ । घटेको बजारमा चन्द्रागिरी हिल्सको सेयर सबैभन्दा बढी कमाएको छ । यसको सेयर मूल्य सर्किट ब्रेक लाग्ने गरी बढेको छ । चन्द्रमगिरीको सेयर मूल्य प्रतिसेयर ५ सय ५० रुपैयाँ पुगेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनको पनि सर्किट ब्रेक लाग्ने गरी सेयर मूल्य बढेको छ । साल्ट ट्रेडिङको सेयर मूल्य १० हजार २ सय २ रुपैयाँ पुगेको छ । यता कारोबार रकमका आधारमा सबैभन्दा बढी कारोबार हुनेमा नेपाल टेलिकम रहेको छ । आजै मात्र लाभांश घोषणा गरेको टेलिकमको २९ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस