
१९ फागुन, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–५, तीनतलेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बकैया गाउँपालिका–५ तीनतलेमा बुधबार ना ६ त ४५३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ बस्ने वर्ष १३ का दिलशन माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका माझीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । हेटौंडाबाट सिमेन्ट लोड गरी बकैयातर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा ट्याक्टर चालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ बस्ने वर्ष १७ का सुनिल माझी र बकैया गाउँपालिका वडा नम्बर ७, भिरकोट बस्ने ५८ वर्षीय योगेन्द्रबहादुर राई घाईते भएका छन् । प्रहरीका अनुसार घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।