मुख्य समाचार

सरकार र विप्लव नेकपाबीच दोस्रो चरणको वार्ता सम्पन्न

वार्ता निष्कर्ष नजिक पुगेको दाबी
barta toli

१९ फागुन, काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ ।

सरकारी वार्ता टोलीका सदस्य रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ट्विट मार्फत वार्तामा प्रगति भएको र दोस्रो चरणको वार्ता सम्पन्न भएको जानकारी दिएका छन् ।

उनले भने, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो । वार्ता बिषय केन्द्रीत रह्यो । दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस