समाचार

रौतहट पुगेर देउवाले भने– ‘आफताब आलमलाई छुटाउन प्रयास गरिरहेको छु’

deuwa

१९ फागुन, रौतहट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले अदालती प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् ।

गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको उद्घाटन गर्न आज यहाँ आएका पूर्वप्रधानमन्त्री देउवाले देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिए ।

सभापति देउवाले देश अहिले जटिल अवस्थामा रहेको भन्दै नेपाली काँग्रेस पार्टीले मात्र मुलुकलाई निकास दिनसक्ने दावी गरे । देशमा अहिले जताततै धार्मिक कार्यक्रम भईरहेको उल्लेख गर्दै उनले धर्मको प्रभावले देशमा शान्ति आउने विश्वाससमेत व्यक्त गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस