
१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि कोरोनाविरुद्धको खोप लगाएका छन् । काठमाडौंको नयाँबानेश्वरस्थित निजामती अस्पताल पुगेर देउवाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
खोप लगाएको तस्बिर सामाजिक सञ्जालमा राख्दै देउवाले आफूले पालोअनुसार कोरोनाविरुद्धको खोप लगाएको भन्दै अरुलाई पनि पालोअनुसार खोप लगाउन आग्रह गरेका छन् ।
साथै उनले कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्डहरुको पालना गर्न पनि आग्रह गरेका छन् ।
२३ गतेको प्रतिनिधिसभाको बैठकलाई मध्यनजर गरी बुधबार बिहान १० बजेबाट संघीय संसदका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरु, महासचिव, सचिव लगायतलाई खोप लगाउने कार्यक्रम थियो ।
देउवाले बुधबार साँझ खोप लगाउनुअघि विभिन्न जिल्लाको दौडाह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस