फुटबल

नाटकीय खेलमा सेभियालाई पराजित गर्दै बार्सा फाइनलमा

Barcelona

२० फागुन, काठमाडौं । पहिलो लेगमा ब्यहोरेको २–० को हार उल्टाउँदै बार्सिलोनाले सेभियालाई दोस्रो लेगमा ३–० ले पराजित गर्दै कोपा डेल रेको फाइनलमा स्थान बनाएको छ । नाटकीय खेलमा बार्सिलोनाले समग्रमा ३–२ को जीत हासिल गर्न सफल भएको हो ।

३० मिनेटको अतिरिक्त समयको शुरुवातमा नै मार्टिन ब्राथवेटले निर्णायक गोल गर्दै बार्सिलोनालाई जीत दिलाए । खेलमा ओसमान डेम्बेलेले बार्सिलोनालाई १२ औँ मिनेटमा नै अग्रता दिलाएका थिए ।

त्यसपछि लुकास ओकाम्पोसले सेभियालाई पेनाल्टीबाट गोल गर्न चुकेको थिए । फर्नान्डोले रातो कार्ड खाँदै बाहिरिएपछि सेभिया १० खेलाडीमा सिमित बन्यो । जेरोर्ड पिकेले इन्जुरी समयमा गोल गर्दै खेल २–२ को बराबरी गरे ।

कीर्तिमानी ३१ औँ पटक प्रतियोगिताको उपाधि जित्ने होडमा रहेको बार्साले अब फाइनलमा एथ्लेटिक बिल्बाओ र लेभान्तेबीचको विजेतासँग भिड्नेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस