बैँक / वित्त

ज्योति विकास बैंकद्वारा बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान

jyoti bank donation

२० फागुन, काठमाडौं । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि “हाम्रो विकास प्रबर्द्वन कोष” बाट बेनी अस्पताल, बेनी नगरपालिका वडा नं. ८ – म्याग्दी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, ढोरपाटन नगरपालिका वडा नं. १- बाग्लुङलाई एक-एक थान बेबी वार्मर प्रदान गरेको छ ।

बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्यमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको हो । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ ।

बेनी अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बेनी शाखाका शाखा प्रबन्धक दिपेन्द्र शर्मा र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महिप के.सी द्वारा संयुक्त रुपमा बेनी अस्पताल विकास समितिका अध्यक्ष श्री बेल बहादुर कटुवाललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट ब्राण्डिङ तथा कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख कुशल जगं अधिकारी र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सुनिल बानियाँ द्वारा संयुक्त रुपमा अस्पताल संचालक समितिकी सदस्य श्रीमती सीता कंडेल र डा.मिलन  मल्ललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन् ।

बैंकले “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत् राष्ट्रिय आविष्कार केन्द्र सँगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल- कपिलवस्तु, मध्यबिन्दु जिल्ला अस्पताल – नवलपुर, महाकाली अञ्चल अस्पताल -कञ्चनपुर, प्युठान जिल्ला अस्पताल-प्युठान, प्राथमिक स्वास्थ्य केन्द्र-महोत्तरी, आम्दा अस्पताल-झापा, जिल्ला अस्पताल-खोटाङ्ग,सामरी स्वास्थ्य चौकी-सामरी, बेनी अस्पताल- म्याग्दी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र- बाग्लुङलाई एक-एक थान बेबी वार्मर प्रदान गरि हालसम्म जम्मा १० वटा बेबी वार्मर प्रदान गरिसकेको छ ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त​रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित “हाम्रो विकास प्रवर्द्धन कोष​” मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ​ ।

बैंकले १२औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा “न्यानो नानी” बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि रु. ८ लाख प्रदान गरेको थियो ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु. ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीहरुलाई करिब रु. ३७ अर्ब लगानी गर्न सफल भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *