सेयर मार्केट

९१.६७ अंकले बढ्यो नेप्से, चन्द्रागिरिको सेयर मूल्य ६ सय नाघ्यो

stock market

२० फागुन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा उछाल देखिएको छ । आज नेप्से परिसूचक ९०.६७ अंकले बढेर २५०६.६८ अंकमा पुगेको हो ।

यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा ३.७५ प्रतिशत बढी हो । आज ६ अर्ब ५ करोड बढीको सेयर कारोबार भएको छ । जीवन बीमा तर्फको बढोत्तरी सबैभन्दा बढी छ । निर्जीवन बीमा, ट्रेडिङ समूहमा पनि आकर्षक बढोत्तरी छ ।

सेयर बजार घटेको दिनमा पनि पछिल्ला केही दिनयता सेयर मूल्य बढिरहेको चन्द्रागिरी हिल्सले आज पनि सबैभन्दा बढी कमाएको छ । यसको सेयर मूल्य सर्किट ब्रेक लाग्ने गरी बढेको छ । चन्द्रागिरी सहित लिबर्टी इनर्जी कम्पनी र सूर्योदय लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य सर्किट लाग्ने गरी बढेको छ । चन्द्रागिरिको सेयर मूल्य ६ सय ५ रुपैयाँ कायम भएको छ ।

तर कारोबार रकममा सबैभन्दा बढी कारोबार हुनेमा पूर्वाधार  बैंक (निफ्रा) नै रहेको छ । यसको ५३ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यता शिखर इन्स्योरेन्सका पनि बढी कारोबार भएको छ । दोस्रो बढी कारोबार भएको शिखरको २४ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस