समाचार

डोटीमा शिक्षक मृत फेला

bead body tag

२० फागुन, डोटी । डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै जोगबुढा जाने सडकखण्डमा २७ वर्षीय शिक्षक डम्बर भट्टराई मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार स्थानीय भूमिराज केदार आधारभूत विद्यालय बुडरका शिक्षक भट्टराई मृतावस्थामा फेला परेका छन् ।

उनका अनुसार घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुडरका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र टमटाले जानकारी दिए । मृतक शिक्षकका भाइ कृष्णप्रसाद भट्टराईले दाजुको हत्या गरिएको हुनसक्ने आशंका रहेको भन्दै घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस