मुख्य समाचार

कञ्चनपुरमा प्रहरी–तस्करबीच भिडन्त, एकजनाको मृत्यु

gun

२० फागुन, काठमाडौं । कञ्चनपुरमा प्रहरी र तस्करबीच भिडन्त भएको छ ।

बेलौरी नगरपालिका–७ मा भिडन्त हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । नेपाल-भारत सीमा नजिकै भारतीय तस्कर र प्रहरीबीच दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

उनले प्रहरीको गोली प्रहारबाट भारतीय नागरिकको मृत्यु भएको बताउँदै मृतकको परिचय भने नखुलेको बताए । मृतक भारतीयको शव बेलौरी प्राथमिक अस्पतालमा राखिएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाको कमाण्डमा थप प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चचनपुरका प्रमुख प्रहरी उपरीक्षक चतुर्वेदीले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस