
२० फागुन, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा गैँडाको आक्रमणमा परी आज एक जनाको मृत्यु भएको छ ।
नवलपुरको मध्यबिन्दु नगरपालिका–१२ मा गैँडाको आक्रमणमा परी ४४ वर्षीय पविसरा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।
बारीमा घाँस काट्न गएका समयमा गैँडाले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । गैँडाको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस