राजनीति

निर्वाचन आयोग पुगेर महेश बस्नेतले भने, ‘विभाजनको निर्णय दिन हतारो नगर्नु होला’

mahesh basnet

२१ फागुन, काठमाडौं । नेकपाको आधिकारिकताको विवादको निर्णय गर्न हतार नगर्न केपी शर्मा ओली नेतृत्वको नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले निर्वाचन आयोगसमक्ष आग्रह गरेका छन् । राजनीतिक रुपमा एक रहेको नेकपाको आधिकारिकताको विवाद चाँडोभन्दा चाँडो टुंग्याउन विभिन्न पक्षबाट आग्रह गरिरहेका बेला नेता बस्नेत बिहीबार आयोगमा पुगेर सो आग्रह गरेका हुन् ।

आयोगमा उनले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुसँग केहीबेर छलफल गरेका थिए । आयोगले नेकपाको आधिकारिकताको विवादको सम्बन्धमा निर्णय गर्न ढिलाइ गरेकाले आयोगको भूमिकामाथि प्रशन उठिरहेको बेला ओली पक्षका अत्यन्त निकट मानिने नेताले गरेको भेटघाटलाई अर्थपूर्णरुपमा लिइएको छ ।

प्रतिनिधिसभाका सांसदसमेत रहेका बस्नेतले भने आयोगबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग नेकपाका बहुमत सदस्य पार्टी एकताको पक्षमा रहेकाले विभाजनको निर्णय दिन हतारो नगर्न आयोगलाई आग्रह गरेको बताए । ‘हामीहरू एकताको अभियानमा लागेका छौँ, विभाजनको निर्णय गर्न हतारो नगरिदिनुहोस्,’ बस्नेतले भने । उनले पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले वक्तव्य निकालेर बाहिरबाट दबाब बढाएकोसमेत आयोगमा चर्चा गरेको बताए ।

यता, एक आयुक्तले भने बस्नेतसँग कुनै औपचारिक छलफल नभएको दाबी गरे । बस्नेतले सञ्चारकर्मीसँग बाहिर भनेजस्तो कुनै सल्लाह नभएको जिकिर गरे । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *