सेयर मार्केट

ज्योति लाईफको आइपिओ खुल्यो, कहिलेसम्म आवेदन दिने ?

jyoti life ipo

२१ फागुन, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) आज (फागुन २१ गते शुक्रबार)देखि निष्काशन भएको छ । यसमा सर्वसाधारण नागरिकले आवेदन दिन सक्नेछन् । कम्पनीले आफ्नो कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेपनि सर्वसाधारणले ५९ लाख ४० हजार कित्तामा मात्र आवेदन गर्न सक्नेछन् ।

५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरीएको छ । कम्पनीको आइपीओमा छिटोमा फागुन २६ गतेसम्म  आवेदन दिन सकिनेछ । त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा चैत ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले  ‘केयरएनपी(आइआर बीबी प्लस’ रेटिङ्ग प्रदान गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *