समाचार

दक्षिण कोरियामा कोभिडको संक्रमण केही घट्दो

south korea coronavirus

२१ फागुन, काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड– १९) का संक्रमितहरुको संख्या पछिल्लो समयमा केही घटेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले संक्रमित हुनेहरूको संख्यामा पछिल्ला सातामा केही कमी आएको जनाएका छन् ।

प्राप्त समाचारअनुसार पछिल्लो २४ घन्टामा यहाँका ३८८ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यो संख्या यहाँ केही दिनयताको भने कम देखिएको छ । योसँगै यहाँ संक्रमितहरुको संख्या ९१ हजार ६३८ जना पुगेको पनि बताइएको छ ।

कोरियामा पछिल्लो साता हरेक दिन संक्रमितको संख्या ४०० भन्दा तल झरेको छ । तर यो संख्या ३०० देखि ४०० सम्म रहेको पनि बताइएको छ । गएको २४ घन्टामा यहाँ ३८८ जना संक्रमित थपिएका हुन् ।उनीहरूमध्ये केही विदेशबाट आएका व्यक्ति हुन् ।

यसैगरी यहाँ पछिल्लो २४ घन्टामा आठ जना व्यक्तिको मृत्यु भएको छ । योसँगै कोरियामा कोरोना भाइरस संक्रमणबाट ज्यान जानेको संख्या एक हजार ६ सय २७ जना पुगेको छ । दक्षिण कोरिया सरकारले कोरोना भाइरस संक्रमण रोक्न प्रभावकारी काम गरेको भन्दै शुरूका दिनहरुमा यहाँ यो भाइरसको संक्रमण बढेको थिएन ।

पछिल्ला हप्ताहरुयमा यहाँ यो भाइरसको संक्रमण बढेको भए पनि पछिल्ला केही दिनमा भने कम भएको देखिएको छ । दक्षिण कोरियाका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले दिएको जानकारीअनुसार कोरोना संक्रमितमध्ये १.७८ प्रतिशतको ज्यान गएको बताइएको छ । यहाँको सरकारले करिब ७० लाख नागरिकमा कोभिड संक्रमणको परीक्षण (पिसिआर) गराएको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *