मुख्य समाचार

सरकार र विप्लवबीच सहमति हुन कति समय लाग्यो ?

rajan bhattarai

२१ फागुन, काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले नेत्रविक्रम चन्द विप्‍लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने झण्डै एक वर्ष लागेको बताएका छन् । राष्ट्रिय सभागृहमा आयोजित सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर कार्यक्रममा सरकारी वार्ता टोलीको सदस्य समेत रहेका उनले यस्तो बताएका हुन् ।

‘ऐतिहासिक क्षणमा आउन लागि झण्डै १ वर्षदेखि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अघि बढिरहेका थियौं । विभिन्न माध्यमबाट संवादको श्रृंखला अघि बढिरहेको पनि थियो । प्रधानमन्त्री स्वयम् संवादको प्रक्रिया सुरु भएको थियो  र महासचिवले वार्ताको पहल गरिरहनु भएको थियो’, उनले भने, ‘गत साउन भदौमा अली बढी गहन छलफल भयो । तर त्यसले निरन्तरता पाउन नसकेपनि  मंसिर, पुस र माघ महिनाका बीचमा वार्ताको प्रयास अघि बढाइयो । त्यही परिस्थितिअनुसार अहिले ३ बुँदे सहमतिमा आयो ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस