मुख्य समाचार

प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेतामा प्रचण्ड, ओलीलाई हटाइयो

kp oli prachanda

२१ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ प्रचण्ड–माधव पक्षले आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ ।

जेठो सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले केपी शर्मा ओलीलाई दलको नेताबाट हटाई सो पदमा प्रचण्डलाई चयन गरेको एक सांसदले जानकारी दिए ।

बैठक अघि प्रचण्ड–माधव पक्षले आफू पक्षीय सांसदहरुको हस्ताक्षर संकलन गरेको थियो । आज ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको र नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको प्रचण्ड–माधव पक्षको दाबी छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *