
२१ फागुन, मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ट्ङ्गालको बिशेष टोलीले हेटौंडाबाट घुस रकमसहित एक सव–इन्जिनियरलाई पक्राउ गरेको छ ।
शुक्रबार आयोगको टोलीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागमती प्रदेश अन्तर्गतको पर्यटन विकास आयोजनामा कार्यरत सव–इन्जिनियर नेत्र लामिछानेलाई घुस रकमसहित पक्राउ गरेको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ को एक होटलबाट लामिछानेलाई ५० हजार रुपैयाँ घुस रकम लिदैं गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंका सूचना अधिकारी बेदप्रसाद भण्डारीले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ट्ङ्गालबाट खटिएको बिशेष टोलीले लामिछानेमाथि आवश्यक अनुसन्धान अघि बढाइने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस