
२१ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले संसद सचिवालयमा बिहीबार पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट दर्ता भएको पत्रप्रति आफुहरुको ध्यानाकर्षण भएको बताएका छन् ।
भट्टराईले शुक्रवार प्रेस विज्ञप्ति जारी गरि प्रचण्ड–माधव पक्षले फागुण १७ मा संघीय संसद सचिवालयका महासचिवलाई सम्बोधन गरी लेखेको दुई पाने पत्रले मान्यता नपाउने बताएका हुन् । उनले दलको विधान २०७५ बमोजिम दलको नेता केपी शर्मा ओलीनै भएको दाबी गरेका छन् ।
उनले भनेका छन्ः ‘नेपालको संविधान तथा प्रचलित कानुन बमोजिम बाहेक कोही कसैले कुनै गैरसंवैधानिक र गैरकानुनी निर्णय गरिएको पत्राचारको कुनै कानुनी आधार, औचित्य र प्रभाव हुन सक्दैन । प्रचण्ड माधव पक्षले गरेका निर्णयबारे गत १७ गते संघीय संसदका महासचिवलाई पत्र पठाएका थिए । जसमा संसदीय दलका विभिन्न नेतालाई कार्वाही गरिएको उल्लेख थियो ।