समाचार

पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना पुष्टि

coronavirus

२१ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज थप १२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ६०८ पुगेको छ । थप ६ हजार १४३ जनाको पीसीआर परीक्षण गरिएको थियो । हालसम्म पीसीआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख ८५ हजार १९० जना पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७० हजार ७६६ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ८३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ८३२ सक्रिय सङ्क्रमित रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *