समाचार

आज यी स्थानमा वर्षाको सम्भावना

clear weather

२२ फागुन, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ । अहिले देशका केही पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ , बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपात को सम्भावना रहेको छ ।

त्यस्तै, राती प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेश का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेश को को पहाडी/हिमाली भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस