मुख्य समाचार

३६ वर्षअघि पाटनबाट चोरिएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

murti hastantaran

२२ फागुन, काठमाडौं । अमेरिकी सरकारले अमेरिकाका लागि नेपाली राजदूत डा युवराज खतिवडालाई पाटनबाट चोरिएको ऐतिहासिक वासुदेव–कमलाजा मूर्ति’(लक्ष्मी नारायण)को मूर्ति हस्तान्तरण गरेको छ ।

सन् १९८४ मा नेपालबाट चोरेर अवैधरुपमा अमेरिका पुर्‍याइएको लक्ष्मीनारायण पनि भनिने वसुदेव–कमलाजाको मूर्ति अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) का उपसहायक निर्देशक टिमोथी एन. ड्युनह्यामले अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडालाई नेपाली दूतावासमै आयोजित एक विशेष समारोहबीच हस्तान्तरण गरेका हुन् ।

३६ वर्षदेखि हराइरहेको मूर्ति टेक्सास राज्यको ड्यालस म्युजियम अफ आर्टमा प्रदर्शनीमा देखिएको थियो । त्यसपछि पुरातत्त्वका अध्येताहरूले अन्तर्राष्ट्रिय तहमा सरोकार राख्न थालेका थिए । चोरिएर अमेरिका पुगेको मूर्तिबारे सूचना दिने न्युयोर्कस्थित जोन–जे कलेजकी प्राध्यापक इरिन एल थोम्सनका अनुसार डल्लास संग्रहालयले वासुदेव–कमलाजा मूर्ति नेपाल फर्काउने इच्छा देखाएको थियो ।

तर त्यसका लागि संग्रहालय म्युजियमका कानुनी अधिकारीले नेपालबाटै मूर्ति चोरिएको प्रमाण र प्रहरी प्रतिवेदन  मागेका थिए । उक्त मूर्ति पाटन मन्दिरको हो भने १९९० (२०४६ )साल देखि नै ड्यालस म्युजियम अफ आर्टमा प्रदर्शनी गरि रहेको थियो । मूर्ति हस्तान्तरण कार्यक्रममा राजदूत डा खतिवडाले अमेरिकी सरकारको प्रशंसा गर्दै कृतज्ञता व्यक्त गरे ।

साथै त्यहाँ आमन्त्रित गरिएका संचार माध्यम,बिशेष व्यक्तित्वहरु ,अमेरिकी विदेश मन्त्रालय ,अमेरिकी दुतावास काठमाडौं, ड्यालस म्युजियम अफ आर्टम ,मूर्ति फिर्ता गर्न भूमिका निर्वाह गर्ने संस्था सबैलाई बिशेष धन्यबाद दिएका छन् । राजदूत डा खतिवडाले नेपालको छोटो परिचय समेत दिएका थिए । अमेरिकी विदेश विभागका मुख्य उप सहायक सचिव एर्भिन मासिङ्गाले हस्तान्तरण गर्न पाउदा हर्ष व्यक्त गरे । उनले नेपालको सांस्कृतिक पैतृक धन(हेरिटेज)लाई संरक्षण र रक्षा गर्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस