समाचार

राष्ट्रपतिद्वारा मुस्कान खातुनलाई बधाई

Muskan Khatun

२२ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किशोरी मुस्कान खातुनलाई तेजाब आक्रमणविरुद्ध कडा कानून र सजायका लागि साहसिक अभियान सञ्चालन गरेवापत प्रतिष्ठित ‘अन्तरराष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकामा बधाई दिएकी छन्।

राष्ट्रपति भण्डारीले आज अपराह्न ट्वीट गरी खातुनले तेजाब आक्रमणको असह्य पीडालाई शक्तिमा बदलेकामा प्रशंसा गर्दै सो पुरस्कार दिलाउने अमेरिकी सरकारलाई पनि धन्यवाद दिएकी छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस