खेलकुद समाचार

नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित दौड प्रतियोगिता सम्पन्न

chembar daud

२२ फागुन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिकोत्सवको अवसरमा शनिबार बिहान काठमाण्डाैमा आयोजित दौड प्रतियोगिता सम्पन्न भएको छ । दौड प्रतियोगिताका विजयीहरुलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरे ।

रन फर फन नाम दिएको प्रतियोगितामा ३१५ जना खेलाडी सहभागी भएका थिए । पुरस्कार वितरण समारोहमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले स्वस्थ शरीर, स्वस्थ मन र स्वस्थ समाज स्थापनाका लागि दौड प्रतियोगिता आयोजना गरिएको बताए ।

विद्यार्थी, सञ्चारकर्मी र व्यवसायीका अलगअलग दौड प्रतियोगिता गरिएको थियो । कार्यक्रममा वरिष्ठ म्याराथन धावकहरू वैकुण्ठ मानन्धर र रामकृष्ण महर्जनलाई सम्मानित गरिएको छ ।

२००७ सालमा प्रजातन्त्रको स्थापनासँगै चेम्बरले समाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दै आएको बताउँदै अध्यक्ष श्रेष्ठले समाजका सबै क्षेत्रहरूमा व्यवसायीहरू अग्रपंक्तिमा रहेको बताए ।

स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा चेम्बरले चित्रकला प्रतियोगिता, रक्तदान कार्यक्रम, दौड प्रतियोगिता सम्पन्न गरिसकेको छ । नेपाल महिला चेम्बरले व्यापारिक प्रदर्शनी तथा मेला आयोजना गर्दै छ । चेम्बरले गल्फ प्रतियोगिता पनि गर्दैछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *